राजनीति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
मङ्गलबार, २६ पुस २०७९, १० : ३४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक साढे ११ बजे संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले रातोपाटीलाई जानकारी दिए ।
‘विश्वासको मतबारे केन्द्रीय कार्यसम्पादन बैठकले म्यानडेट दिनेछ । त्यही म्यानडेट लिएर पार्टीको संसदीय दलको बैठक बस्नेछ,’ पौडेलले भने । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।
कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण