धुम्बाराहीबाट बानेश्वर लागे कांग्रेस नेता
नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताको बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बिहान साढे ८ बजेदेखि बसेको बैठक दुई घण्टापछि सकिएको हो ।
सो बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल भएको थियो । बैठकले ठोस निर्णय नगरे पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने अधिकांश नेताहरूले धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
‘विश्वासको मत दिने वा नदिनेबारे अब पार्टीको केन्द्रीय सम्पादन समितिको बैठकले औपचारिक निर्णय गर्छ,’ ती नेताले भने, ‘सो बैठकको निर्णयलाई पार्टीको संसदीय दलले अनुमोदन गर्छ ।’
कांग्रेसले साढे ११ बजेका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकसंघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले रातोपाटीलाई जानकारी दिए । धुम्बाराही बैठक सकेर नेताहरू संसद् भवनतर्फ लागेका छन् ।
‘विश्वासको मतबारे केन्द्रीय कार्यसम्पादन बैठकले म्यानडेट दिनेछ । त्यही म्यानडेट लिएर पार्टीको संसदीय दलको बैठक बस्नेछ,’ पौडेलले भने । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ । कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण