सिद्धार्थनगरमा सुत्केरीलाई कोेसेली
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मातृ शिशु कार्यक्रम सुरु भएको छ । उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम अन्तर्गत पालिकाका सुत्केरी आमाहरुलाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।
नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसँग कोसेली भेट गरेकी छन् । उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुसी ल्याउन कोसेली भेट गरेको बताइन् ।
नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानटरी प्याड, झुल, म्याक्सी रहेको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले बताइन् ।
उनका अनुसार करिब ३ हजार रुपैयाँ मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमालाई उपलब्ध गराउन सुरु गरिएको छ ।
नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण