कर्णाली सरकारले ४३५ दिनमा गर्यो १७ किलोमिटर सडक कालोपत्रे
मङ्गलबार, २६ पुस २०७९, १४ : ४०
सुर्खेत । कर्णाली सरकारले एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाईबहुवर्षीयठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।
प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रूपमा प्रक्रिया अघि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण