कर्णाली सरकारले ४३५ दिनमा गर्यो १७ किलोमिटर सडक कालोपत्रे
मङ्गलबार, २६ पुस २०७९, १४ : ४०

सुर्खेत । कर्णाली सरकारले एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् ।
उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाईबहुवर्षीयठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।
प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रूपमा प्रक्रिया अघि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण
-
चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै
-
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
-
कर्णाली प्रदेश : जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजारभन्दा बढी योजना
-
बुण्डेस लिगामा दोस्रो स्थानको लिभरकुजेनलाई घाटा
-
डेढ अर्बको डीपीआर फालेर २५ करोडमा संसद् भवन बनाउँदै गण्डकी सरकार