सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीमा परी तीन जनाको मृत्यु

मङ्गलबार, २६ पुस २०७९, १६ : ४१
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ । 

त्यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लाहापे बस्ने ६५ वर्षीय तुलसा सुनारको आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । 

उता बागलुङको जैमिनी नगरपालिका-५ ठुल्ढुङगा बस्ने ५० वर्षीय धन बहादुर नेपालीको आगलागीमा जलेर गए राति मृत्यु भएको छ । आफ्नो घरबाट करिब १ किलोमिटर टाढा मानिस नबस्ने कच्ची धन्सारमा सुतेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो । 

यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका-४ आमलचौरी बस्ने वीरजंग राईको घरमा खाना पकाउनको लागि आगो बाल्ने क्रममा मंगलबार बिहान आगलागी हुँदा लत्ताकपडा, सुन र चाँदीका विभिन्न गहना लगायतका सामानहरू समेत करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप