आगलागीमा परी तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परी तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बन्तरिया बस्ने ४७ वर्षीय रामचरण चौधरीको आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ ।
त्यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लाहापे बस्ने ६५ वर्षीय तुलसा सुनारको आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्किएर जल्दा मंगलबार बिहान मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
उता बागलुङको जैमिनी नगरपालिका-५ ठुल्ढुङगा बस्ने ५० वर्षीय धन बहादुर नेपालीको आगलागीमा जलेर गए राति मृत्यु भएको छ । आफ्नो घरबाट करिब १ किलोमिटर टाढा मानिस नबस्ने कच्ची धन्सारमा सुतेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
यसैगरी उदयपुर चौदण्डीगढी नगरपालिका-४ आमलचौरी बस्ने वीरजंग राईको घरमा खाना पकाउनको लागि आगो बाल्ने क्रममा मंगलबार बिहान आगलागी हुँदा लत्ताकपडा, सुन र चाँदीका विभिन्न गहना लगायतका सामानहरू समेत करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण