लुम्बिनी प्रदेश : आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने एमाले र माओवादीबीच सहमति
मङ्गलबार, २६ पुस २०७९, १८ : ०८
रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमाले र माओवादीले आधा-आधा कार्यकाल गर्ने सहमति भएको छ । यसअघि एमालेले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, मुख्यमन्त्रीका दाबेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आलोपालो सरकारको नेतृत्व गर्न दुवै दलका शीर्ष नेताबीच सहमति भएको बताए । स्रोतका अनुसार एमालेका लिला गिरीले पहिलो साढे २ वर्ष र महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
यसअघि लुम्बिनी, गण्डकी र प्रदेश १ सरकारको नेतृत्व ५ वर्ष नै एमालेले गर्ने केन्द्रमा सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण