शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने एमाले र माओवादीबीच सहमति

मङ्गलबार, २६ पुस २०७९, १८ : ०८
मङ्गलबार, २६ पुस २०७९

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमाले र माओवादीले आधा-आधा कार्यकाल गर्ने सहमति भएको छ । यसअघि एमालेले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, मुख्यमन्त्रीका दाबेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । 

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आलोपालो सरकारको नेतृत्व गर्न दुवै दलका शीर्ष नेताबीच सहमति भएको बताए । स्रोतका अनुसार एमालेका लिला गिरीले पहिलो साढे २ वर्ष र महराले पछिल्लो साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यसअघि लुम्बिनी, गण्डकी र प्रदेश १ सरकारको नेतृत्व ५ वर्ष नै एमालेले गर्ने केन्द्रमा सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप