शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्रीलाई

बुधबार, २७ पुस २०७९, ०८ : २१
बुधबार, २७ पुस २०७९

काठमाडौँ ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबन्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बताइएको छ । 

 ६० सदस्यीय प्रदेशसभामा उनी ३३ सांसदको समर्थनसहित सोमबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप