शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

किन भइरहेको छ भारतीय कप्तान रोहित शर्माको प्रशंसा ?

बुधबार, २७ पुस २०७९, ०९ : १४
बुधबार, २७ पुस २०७९

गुवाहाटी । गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारतले ३ सय ७४ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०६ रन मात्रै बनाउन सकेको थियो ।

एक समय थियो जब श्रीलंकाको टोलीले २०० रनमै सात विकेट गुमाएको थियो । तर कप्तान दासुन शनाकाले शानदार इनिङ खेल्दै शतक बनाए । यद्यपि उनको शतकमा भारतीय कप्तान रोहित शर्माको पनि हात थियो र अहिले रोहितको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

वास्तवमा, श्रीलंकाको इनिङ्सको अन्तिम ओभरमा शनाका ९८ रन बनाएर नन स्ट्राइकरको छेउमा थिए, तर त्यसपछि मोहम्मद शामीले उनलाई मनाकडिङ अनुसार रनआउट गरेका थिए । शमीले अम्पायरलाई अपिल गरेपछि फिल्ड अम्पायर तेस्रो अम्पायरतर्फ फर्के । तर, रोहित शर्माले हस्तक्षेप गर्दै रनआउट अपील फिर्ता लिए र यसरी शनाकाले जीवनदान पाए।

खेलपछिको समारोहमा जब रोहित शर्मालाई यसबारे सोधिएको थियो, उनले भने, 'मलाई थाहा थिएन कि शमीले यस्तो गरे। दासुन शनाकाले ९८ रनमा ब्याटिङ गरिरहेका थिए। उनले जसरी ब्याटिङ गरे, त्यो उत्कृष्ट थियो । हामीले उनलाई त्यसरी आउट गर्न पाउँदैन थियौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप