पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए ।
यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ ।
सनाउल्लाहले पत्रकार सम्मेलनमा यो दाबी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल–एन नेताहरूलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानुनी आदेशलाई मानेनन् ।
Shoe hurled at the car of Rana Sanaullah outside Punjab Assembly. pic.twitter.com/PikUHRQ6av
— Mubarak Khan (@xdeadboiii) January 10, 2023
पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीको विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पञ्जाबको गठबन्धन सरकारबीच विगत केही दिनदेखि विवाद चलिरहेको छ ।
यही कारणले गर्दा राणा सनाउल्लाह सभाको बैठकमा नेताहरुलाई भेट्न पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण