शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछा खाएपछि दूध पिउँदा सेतो दुबी आउँछ ? डाक्टरको धारणा बुझ्नुहोस्

बुधबार, २७ पुस २०७९, १२ : २०
बुधबार, २७ पुस २०७९

खानाको टेबलमा कतिलाई खानाबारे नै कुरा गर्न मनपर्छ । खानाका विभिन्न फ्लेभरबारे धेरैले कुरा गरेको हामीले सुन्ने गर्छौँ । तर यस्ता केही धारणा छन् जसलाई वास्तविक मानिन्छ ।

चिसो मौसममा माछा खाने चलन पनि बढ्छ । यस्तोमा घरको डाइनिङ टेबलमा त्यो बहस पुनः एकपटक फर्किन्छ कि माछा खाएपछि दुध पिउनु हुन्छ त ? के यस्तो गर्दा सेतो दुबी वा मोतिबिन्दु त हुँदैन ?

सेतो दुबीमा छालाका केही हिस्साले आफ्नो पिगमेन्ट गुमाउन थाल्छन् जसका कारण त्यो हिस्सा अरुभन्दा भिन्न देखिन थाल्छ ।

माछा खाएपछि दुध नखाउ है भनेर हामीलाई धेरैले भन्नुभएको पनि होला ।

यस धारणा बारे, केही मानिसहरूले यो पनि भनेका छन् कि यहूदीहरूको एक सम्प्रदाय माछा खाएपछि दूध पिउनमा धेरै होसियार हुन्छन् ।

त्यस्तै केहीले यो वास्तवमा युनानी चिकित्साको दर्शन हो भनेर भन्ने गरेका छन् । अर्कोतर्फ दुबै चिज सँगै खाँदा पेट दुख्ने, पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता गुनासो हुने धेरैको विश्वास रहेको छ ।

तर, आजकल रेष्टुरेन्टमा दूध प्रयोग गरेर माछा पकाउने गरिन्छ ।

vitiligo1के भन्छन् विशेषज्ञ ?

दूध र माछा सँगै खाने सम्बन्धमा बीबीसी उर्दूले विज्ञहरूसँग कुरा गरी यी दुई बीच कुनै सम्बन्ध छ कि भनेर जान्न खोजेको छ ।

पाकिस्तानकी छाला रोग विशेषज्ञ डा. उर्मिला जावेदले यो परिकल्पना भएको बताइन् ।

छालामा सेतो दुबी अर्थात् भिटिलिगो हुनुको दुध वा माछा सँगै खानुसँग कुनै सम्बन्ध नभई यो कुनै खानेकुरासँग सरोकार नरहेको बताइन् ।

डा. उर्मिलाले भनिन्, ‘यो एक अटोइम्यून रोग हो, जसको अर्थ तपाईंको प्रतिरक्षा प्रणालीले मेलानिन (छालालाई रङ दिने कोशिकाहरू) विरुद्ध एन्टिबडी बनाउन थाल्छ ।’

‘जहाँ एन्टिबडीहरूले आक्रमण गर्छन् हाम्रो छालामा स्पष्ट रूपमा देखिने मेलानिनलाई क्षति पुर्‍याउँछ ।’

fishके भन्छन् पोषणविद् ?

यसबारे बीबीसी उर्दूले पोषणविद् डा. जैनाबसँग पनि कुरा गरेको छ । उनका अनुसार यो हाम्रो मान्यता भएपनि यसको कुनै वैज्ञानिक आधार छैन ।

उनले भनिन्, ‘दूध र माछा सँगै खाँदा छालामा सेतो दाग देखिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

डा. जैनबका अनुसार यहाँ के ध्यान दिनुपर्छ भने यसलाई माछा र दूधसँग मात्रै नभई अन्य थुप्रै खानपिनका चिजसँग पनि जोडेर हेरिन्छ । यसमा ती चिज आउँछन् जुन तातो र चिसोको आधारमा हानिकार मानिन्छ ।

उनका अनुसार पोषणविद्हरूले खानाको मात्रामा बढी ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । खाना चिसो होस् वा तातो यसले फरक पार्दैन, तर तपाईंले यसलाई कति मात्रामा लिइरहनुभएको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।

डाक्टर जैनाब भन्छिन्, ‘यदि तपाईंले कुनै चीज धेरै खानुभयो भने, यसले तपाईंको पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ ।’

यद्यपि यो निश्चित छ कि केहि खानेकुराहरूले मानिसहरूमा छालाको एलर्जी हुनसक्छ । यसबारे कुरा गर्दै डा. उर्मिला जावेदले भनिन्, ‘कसैलाई कुनै न कुनै खानेकुरामा एलर्जी हुन्छ ।’

कतिपय अवस्थामा डिब्बाबन्द सामान, प्रिजर्भेटिभ वा खानेकुराको रंगका कारण पनि एलर्जी हुने गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप