शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

बुधबार, २७ पुस २०७९, १७ : ०७
बुधबार, २७ पुस २०७९

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार  प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ ।  यो सँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री भएका छन् । 

माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।

karnali

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप