तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ । बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।
२०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।
सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिए ।
उहाँले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताउनुभयो । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीव्र रूपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण