पकेटमनीका लागि बलिउड छिरेकी यी अभिनेत्री, अहिले बनेकी छन् करोडौकी मालिक !
मुम्बई –शुक्रबारबाट मनोज बाजपाई र सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ‘अथ्यारी’ प्रदर्शनमा आएको छ । चलचित्रको सुरुवाती ब्यवसाय तेज तफ्तार पक्रन नसकेपनि राम्रो ब्यवसाय गर्न सफल भएको छ । चलचित्रको कारणले अभिनेत्री स्कुल प्रीत सिंह पनि चर्चा छिन् । जो लामो समयपछि बलिउड अभिनयमा फर्किएकी हुन् ।
अभिनेत्री सिंहले चलचित्र प्रचारका क्रममा मिडिया माझ आफ्नो जीवनका केही राज समेत खोलेकी छन् । आफु चलचित्र अभिनय पकेटमनीका लागि प्रवेश गरेको उनले सो अवसरमा बताइन् । ‘२००९ को कन्नड चलचित्र ‘गिल्ली’ मैले सिर्फ पकेटमनीका लागि साइन गरेको थिए ।’ उनले भनिन् ‘मलाई अन्दाज थिएन । त्यो चलचित्र हिट हुन्छ भनेर ।’

सिंहले साउथको ६१औं फिल्मफेयर अवार्डमा समेत बेष्टअभिनेत्रीको उपाधि उठाएकी छन् । ‘यारिया’ चलचित्रबाट बलिउड डेब्यु गरेकी सिंह पहिलो चलचित्रमा हिमांश कोहलीकासाथ देखिएकी थिइन् । चलचित्रमा उनको मासुम मुस्कान र हिमांशका साथ रोमान्स दर्शकले निकै रुचाए । जसको कारण उनी बलिउडकी पनि स्टार बनिन् ।
सिंह सक्रिय गल्फ खेलाडी पनि हुन् । उनले नेशनल लेवलमा समेत गल्फ खेलेकी छन् । उनी तेलंगाना सरकारको ‘बेटी बचायो और बेटी पढायो’ अभियानका ब्राण्ड एम्बसडर पनि हुन् । उनले पाँच पटक मिस इन्डिया पेजेन्टमा पाटनर्रसिप गरेकी थिइन् ।
सिंहको जन्म १० अक्टुवर १९९०मा नयाँ दिल्लीको एक सामान्य पंजाबी परिवारमा भएको थियो । उनको बुबा राजेन्द्र सिंह इन्डियन आर्मीमा थिए ,भने उनकी आमा कुलविदर सिंह गृहणी हुन् । एक समय पाटेकमनीका लागि अभिनयमा छिरेकी सिंहका साथ अहिले करोडौ रकम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण