शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा सडक दुर्घटना, ४ जनाको मृत्यु

बिहीबार, २८ पुस २०७९, १५ : १८
बिहीबार, २८ पुस २०७९

दक्षिण कोरिया ।  बिहीबार बिहान दक्षिण कोरियाको दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उदृत गर्दै जनाएको छ ।

यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो।   दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप