शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित ३ जना प्रहरीको नियन्त्रणमा

बिहीबार, २८ पुस २०७९, २२ : ३५
बिहीबार, २८ पुस २०७९

रुपन्देही ।  रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ । 

गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन, अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन ।

केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप