रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित ३ जना प्रहरीको नियन्त्रणमा
रुपन्देही । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ ।
गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन, अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन ।
केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण