फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित
लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब हानेबापत रातो कार्ड पाए । फेलिक्स हालै मात्र एट्लेटिको मड्रिडबाट ऋणमा चेल्सीसँग अनुबन्ध भएका हुन् ।
वेस्ट लण्डन डर्बीमा विलायनले खेलको २५ औँ मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै कालिडु कौलिबेलीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । तर फेलिक्स प्रिमियर लिग डेब्यूमा रातो कार्ड पाउने २२ औँ खेलाडी बनेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो जसको फाइदा उठाउँदै कार्लोस भिनिसियसले ७३ औँ मिनेटमा गोल गर्दै फुलहमलाई जीत दिलाए ।
पराजयपछि चेल्सी १८ खेलबाट मात्र २५ अंक बटुल्दै लिगको १० औँ स्थानमा सीमित बनेको छ । फुलहमले १९ खेलबाट ३१ अंक बटुल्दै लिगको छैटौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण