शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित

शुक्रबार, २९ पुस २०७९, ०९ : २३
शुक्रबार, २९ पुस २०७९

लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब हानेबापत रातो कार्ड पाए । फेलिक्स हालै मात्र एट्लेटिको मड्रिडबाट ऋणमा चेल्सीसँग अनुबन्ध भएका हुन् ।

वेस्ट लण्डन डर्बीमा विलायनले खेलको २५ औँ मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै कालिडु कौलिबेलीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । तर फेलिक्स प्रिमियर लिग डेब्यूमा  रातो कार्ड पाउने २२ औँ खेलाडी बनेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो जसको फाइदा उठाउँदै कार्लोस भिनिसियसले ७३ औँ मिनेटमा गोल गर्दै फुलहमलाई जीत दिलाए ।

पराजयपछि चेल्सी १८ खेलबाट मात्र २५ अंक बटुल्दै लिगको १० औँ स्थानमा सीमित बनेको छ । फुलहमले १९ खेलबाट ३१ अंक बटुल्दै लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप