शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फिफा बेस्ट अवार्ड : मेस्सीसहित मनोनयनमा को–को परे ?

शुक्रबार, २९ पुस २०७९, ०९ : ४०
शुक्रबार, २९ पुस २०७९

सन् २०२२ को फिफा बेस्ट अवार्डको मनोनयनको सर्टलिस्ट सार्वजनिक गरिएको छ । यस अवार्ड अन्तरगत उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सूचीमा विश्वविजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीसहित जुलियन अल्भारेज, जुड बेलिङहम, करिम बेन्जेमा र केभिन डि ब्रयुना रहेका छन् ।

त्यस्तै, अर्लिङ हालान्ड, असरफ हाकिमी, रोबर्ट लेवान्डोस्की, साडियो माने, किलियान एम्बाप्पे, लुका मोड्रिच, नेयमार, मोहमद शालाह र भिनिसियस जुनियर यो सूचीमा रहेका छन् ।

उत्कृष्ट महिला खेलाडीको मनोनयन सूचीमा एइटाना बोनमाटी, डेबिन्हा, जेसी फ्लेमिङ, आडा हगरबर्ग, साम केर, बेथ मेड, भिभियन मेडेमा, एलेक्स मोर्गन, लेना ओबरडोर्फ, अलेक्जान्ड्रा पप, एलेक्सिस पुटेलास, वेन्डी रेनार्ड, किएरा वाल्स र लिह विलियमनसन रहेका छन् ।

उत्कृष्ट पुरुष प्रशिक्षकको मनोनयनमा कार्लो एन्चेलोटी, डिडिएर डेस्च्याम्पस, पेप ग्वार्डिओला, वालिद रेग्रागुई र लियोनेल स्कालोनी परेका छन् ।

उत्कृष्ट महिला प्रशिक्षकको मनोनयनमा सोनिया बोम्पास्टर, एमा हेयेस, बेभ प्रिस्टम्यान, पिया सुन्धागे, मार्टिना भोस टेक्लेनबर्ग र सारिना विङगम्यान छन् ।

उत्कृष्ट पुरुष गोलकिपरको मनोनयनमा एलिसन बेकर, यासिन बोनु, थियाबट कोर्टवा, एडर्सन र इमिलियानो मार्टिनेज छन् भने महिला गोलकिपरको मनोनयनमा एन क्याट्रिन बर्गर, मेरी अप्र्स, क्रिस्टिएन एन्डलर, मर्ली फ्रोह्मस, एलिसा नेहर र सान्ड्रा पानोस गार्सिया परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप