नेपाल बैंकद्वारा १२ प्रतिशत लाभांश पारित
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आसार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
सभाले हालको चुक्ता पूँजी रु.१४,४०,५९,०४,८३१/३० को २ (दुई) प्रतिशतका दरले हुन आउने अठ्ठाईस करोड एकासी लाख अठार हजार छयानब्बे र त्रिसठ्ठी पैसा रकम बराबरको बोनस शेयर र चुक्ता पूँजीको १० (दश) प्रतिशतका दरले हुन आउने एक अर्ब चौवालिस करोड पाँच लाख नब्बे हजार चार सय त्रियासी र तेह्र पैसा रकम बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी चौध अर्ब उनन्सत्तरी करोड चालिस लाख बाईस हजार नौ सय सत्ताईस र नब्बे पैसा कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण