मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला

शनिबार, ३० पुस २०७९, १० : ०५
शनिबार, ३० पुस २०७९

काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ । 

पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप