शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

शनिबार, ३० पुस २०७९, ११ : ५४
शनिबार, ३० पुस २०७९

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो ।

लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । यसअनुसार, कम्पनीका लगानीकर्ताले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

यस्तै, बैंकले सञ्चालक समितिमा तीन जनालाई चयन समेत गरेको छ । ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलल मुर्खजी र एआरएम नजमुक शकिब सञ्चालकमा चयन भएका हुन् । लाभांश वितरणपछि नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप