युक्रेनका विभिन्न सहरमा तीव्र हमला १४ जनाको मृत्यु, ६४ घाइते
आइतबार, ०१ माघ २०७९, ११ : ४१
मस्को । रुसले युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला गरेको छ । युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला भएका छन् ।
पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।
यसैबीच, युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित भएका छन्। अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।
‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण भएको छ । विवरणहरू जाँच भइरहेको छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण