करेन्ट लगाएर माछा मार्दा पाल्पामा एक जनाको मृत्यु
आइतबार, ०१ माघ २०७९, ११ : ४७
पाल्पा । पाल्पाको माथागढीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । माथागढी वडा नं. १ अगाहा खोलामा माछा मार्नेक्रममा रम्भा गाउँपालिका वडा नं. ४ का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको हो ।
शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते भएका थापाको उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
उक्त खोलमा माछा मार्न गएका अन्य आठ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण