यति एयर दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।
विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कल सेन्टर स्थापना गरिएको छ । मृतक यात्रुको सम्बन्धमा जानकारी लिन ०१–४११३१६३ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ । यति एयरलायन्स आधिकारिक प्रतिनिधि पेम्पा शेर्पालाई ९८०१००७५३१ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण