समाचार
यति एयर दुर्घटना : ११ जनाको सनाखत
आइतबार, ०१ माघ २०७९, १७ : ०२
काठमाडौँ । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउने ११ जनाको शव पहिचान भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९–एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।
विमानमा ६८ जना यात्रु र ४ जना यति एयर प्रालिको एनवाईटी–६९१ विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान भएको कास्किका एसपी अजय केसीले रातोपाटीलाई बताए । अहिलेसम्म घटनास्थलबाट ३२ जनाको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल) मा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण