मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

अपडेट : विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत

आइतबार, ०१ माघ २०७९, १८ : ३५
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी रामदत्त जोशीले रातोपाटीलाई बताए ।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाहीसहित १३ जना छन् । 

दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ । 

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप