बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रियललाई हराउँदै बार्सालाई सुपर कप

सोमबार, ०२ माघ २०७९, ०६ : २२
सोमबार, ०२ माघ २०७९

साउदी अरेबिया । चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् ।

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए । 

दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुर्‍याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप