राजनीति
जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्यो
सोमबार, ०२ माघ २०७९, १६ : ५७

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ । ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता
-
राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित
-
राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु
-
मन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता
-
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !
-
राष्ट्रियसभा उपननिर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने