विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
सारांश
- त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउन गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ ।
- स्ववियुले यस कदमलाई वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा र प्राज्ञिक स्वतन्त्रता तथा प्रशासनिक स्वायत्ततामाथिको नियन्त्रण भन्दै विश्वविद्यालयलाई सरकारको छायाँ बनाउन खोजिएको आरोप लगाएको छ ।
- सर्वोच्च अदालतले यसअघि नै विश्वविद्यालय समन्वय समितिको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा त्रिविको नयाँ पत्राचार अदालतको ठाडो उपहास र गैरकानुनी कार्य भएको स्ववियुले जनाएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउन भनी गरेको पत्राचारप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ ।
त्रिवि स्ववियु अध्यक्ष दिपक राज जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा यस कदमलाई वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा र प्राज्ञिक स्वतन्त्रता तथा प्रशासनिक स्वायत्ततामाथिको नियन्त्रण भनिएको छ।
विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजिएको भन्दै स्ववियुले समग्र उच्च शिक्षाको बेथितिको अन्त्यका लागि प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था नै खारेज हुनुपर्ने माग समेत अघि सारेको छ।
सर्वोच्च अदालतले यसअघि नै विश्वविद्यालय समन्वय समितिको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा यो नयाँ पत्राचार गर्नु अदालतको ठाडो उपहास र गैरकानुनी कार्य भएकाे विज्ञप्तिमा उल्लेख छ।
स्ववियुले आफूहरू लोकतान्त्रिक प्रक्रियामार्फत विद्यार्थीहरूको मत प्राप्त गरी दुई वर्षका लागि निर्वाचित प्रतिनिधि भएको स्मरण गराउँदै कानुनी राज्य र विधिको शासनमा दृढ विश्वास रहेको स्पष्ट पारेको छ।
सरकारको यो गैरकानुनी र अदालतको आदेश विपरीतको नीतिलाई सर्वोच्च अदालतले नै बदर गर्ने विश्वास व्यक्त गर्दै स्ववियुले त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका सम्पूर्ण विद्यार्थी साथीहरूलाई यस परिस्थितिमा संयमता, धैर्यता र जिम्मेवारी अपनाउन अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण