शल्यक्रियापछि ऋषभ पन्तको पहिलो पोस्ट, लेखे – रजत–निशुको सधैँ ऋणी रहनेछु
मुम्बई । कार दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घटनापछि पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । घुँडाको शल्यक्रियापछि उनले फ्यानहरूलाई धन्यवाद दिएका छन् ।
२५ वर्षीय पन्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘तपाईंहरु सबैको समर्थनका लागि धन्यवाद । मेरो शल्यक्रिया सफल भएको सुनाउन पाउँदा म निकै हर्षित छु । म चाँडै निको हुनेतर्फ ध्यान दिँदैछु ।’
उनले थप लेखेका छन्, ‘म रिकभरीको चुनौतीका लागि तयार छु । कठिन समयमा साथ दिनका लागि म बीसीसीआई, जय शाह र भारत सरकार पनि धन्यवाद दिन चाहन्छु ।’

विकेटकिपर ब्याट्सम्यानले लगातार तीनवटा पोस्ट गरेका छन् । उनले आफ्नो अन्तिम पोस्टमा दुर्घटनापछि आफूलाई मद्दत गर्ने रजत र निशु नामका युवकहरूलाई पनि सम्झेका छन् । उनले लेखेका छन्, ‘हुन सक्छ, मैले व्यक्तिगत रूपमा सबैलाई धन्यवाद दिन नसकूँ तर मैले दुई हिरोलाई धन्यवाद दिनैपर्छ जसले दुर्घटनापछि मेरो मद्दत गरे र मलाई सुरक्षित अस्पताल पुर्याए । रजत कुमार र निशु कुमार, धन्यवाद । म सधैँ तपाईंहरुको आभारी र ऋणी रहनेछु ।’

पन्तको घुँडाको लिगामेन्टको शल्यक्रिया जनवरीको सुरुवातमा भएको थियो । उनी अहिले डाक्टरहरूको निगरानीमा रहेका छन् । उनको उपचार मुम्बईको कोकिला बेन अस्पतालमा चलिरहेको छ । पन्तको शल्यक्रिया अस्पतालका स्पोर्ट मेडिसिन एन्ड अर्थोस्कोपी प्रमुख डा. दिनशा पारदीवालाले गरेका थिए । शल्यक्रिया ३ घण्टासम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण