शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् विस्तार

राप्रपाले टुङ्गो लगायो मन्त्री

मङ्गलबार, ०३ माघ २०७९, ११ : ०१
मङ्गलबार, ०३ माघ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको जानकारी दिए । 

जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । 

यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएको श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप