आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता २ जनाको  खोजी गर्न सेती नदीको पानी घटाइयाे

मङ्गलबार, ०३ माघ २०७९, १७ : ०१
मङ्गलबार, ०३ माघ २०७९

पाेखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीकाे पानी घटाइएकाे छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खाेजी कार्य जटिल भएपछि सेती नदीकाे पानी घटाइएकाे बताए । उनका अनुसार सेती नदीकाे पानीलाई याम्दीकाे पुलबाट सिँचाइका लागि बनाइएकाे नहरमा हालिएकाे छ । 

 नदीकाे पानी घटाइएसँगै आज गोताखोरसहित  ड्रोनको प्रयोग गरिएकाे छ ।  ड्रोन प्रयोग गरी साेमबार २ जनाको शव फेला पारिएको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप