बेपत्ता २ जनाको खोजी गर्न सेती नदीको पानी घटाइयाे
मङ्गलबार, ०३ माघ २०७९, १७ : ०१
पाेखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीकाे पानी घटाइएकाे छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खाेजी कार्य जटिल भएपछि सेती नदीकाे पानी घटाइएकाे बताए । उनका अनुसार सेती नदीकाे पानीलाई याम्दीकाे पुलबाट सिँचाइका लागि बनाइएकाे नहरमा हालिएकाे छ ।
नदीकाे पानी घटाइएसँगै आज गोताखोरसहित ड्रोनको प्रयोग गरिएकाे छ । ड्रोन प्रयोग गरी साेमबार २ जनाको शव फेला पारिएको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।
आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण