जनमत पार्टीले माग्यो थप एक मन्त्रालय
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।
सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो । थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ । सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनुपर्ने माग राखेको छ भने दुईटा दिने भए खानेपानी र वन मन्त्रालयको माग गर्दै आएको हो ।
सोही प्रस्ताव लिएर जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री खान बालुवाटार पुगेका हुन् । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने अवस्थामा जनमत पार्टी पुगेको छ । उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक पनि बेलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण