देवराज घिमिरे योग्य र सक्षम हुनुहुन्छ सबैले मतदान गरौं : अधिकारी
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सभामुख पदका उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान गर्न सबैमा अपिल गरेका छन् । संसदमा बोल्दै अधिकारीले देवराज घिमिरेलाई लामो समयदेखि आफूले चिन्दै आएकाले सक्षम व्यक्तिलाई सबैले मतदान गर्नुपर्ने बताए ।
अहिलेको सरकारले संविधान संशोधनसहित नागरिकता विधेयक लगायत अरु जनताका समस्या समाधान गर्न तत्परता देखाउनुपर्ने अधिकारीले बताए । लोकतान्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्ने सहितप्रति अधिकारीले सम्मान व्यक्त गरेका छन् ।
‘लोकतन्त्रिक आन्दोलनमा साहदत प्राप्त गर्नुहुने सम्पूर्ण महान सहिदप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । आज माघ ५ गते यस्तो अवसर हो । संघीयता, समानुपातिक र समावेशीताका लागि भएको आन्दोलनमा मधेस जनविद्रोहको बलिदानी दिन हो । सिराहा जिल्लाको जुन जिल्लाबाट सुरुवात भएको यो आन्दोलनको दिन पहिलो दिन सहिद हुनु भएका रमेश महतो लगायत मधेस जनविद्रोहमा सहाददत प्राप्त गर्नु हुने श्रद्धासुमन व्यक्त गर्न चहन्छु’ अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण