शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गर्नेलाई ८ वर्षको जेल : इरानको सडकमा टाउको लिएर घुमेका थिए, माइती पक्षद्वारा माफी

बिहीबार, ०५ माघ २०७९, १४ : ०८
बिहीबार, ०५ माघ २०७९

इरानले १७ वर्षीया युवतीको टाउको काटेर सडकमा हिरो झैँ घुम्ने श्रीमानलाई मात्र ८ वर्षको सजाय सुनाएको छ । अदालतका प्रवक्ताले यस्तो जघन्य अपराध गर्नेलाई कम सजाय दिनुको कारण बताएका छन् । उनले युवती मोनाकाे माइती पक्षले नै आरोपीलाई कडा सजाय दिनुको साटो माफी दिने निर्णय गरेकोले उनको सजाय कम गरिएको जानकारी दिए ।

बीबीसीका अनुसार अदालतका प्रवक्ताले पूर्वनियोजित हत्याका घटनामा इरानमा मृत्युदण्डको सजाय दिइने प्रावधान रहेको बताएका छन् । यद्यपि, यदि मृतकको परिवारले आरोपीलाई माफी दिन्छन् भने सजाय कम हुने गर्छ । मोनाको हत्यामा उनका देवर पनि समावेश थिए । त्यसैले उनलाई पनि ४५ महिनाको सजाय दिइएको छ ।

१२ वर्षको उमेरमा विवाह

मृतक मोनाको १२ वर्षको उमेरमा आरोपी सज्जाद हैदरीसँग विवाह भएको थियो । बीबीसीका अनुसार १४ वर्षको उमेरमा उनको २ सन्तान पनि भइसकेका थिए । सज्जाद हैदरीले मोनासँग लगातार घरेलु हिंसा गर्थे । कुटपिट गर्थे । जसका कारण मोना उनीसँग खुसी थिइनन् र उनीबाट अलग हुन चाहन्थिन् ।

डिभोर्स नपाएपछि टर्की भागेकी थिइन् मोना

इरानको स्थानीय सञ्चारमाध्यमका अनुसार कुटपिटले आजित मोना लगातार सम्बन्ध विच्छेद मागिरहेकी थिइन् । सज्जाद हैदरी यसको पक्षमा थिएनन् । त्यसैले मोना इरान छोडेर टर्की भागेकी थिइन् । यद्यपि, केही दिनपछि परिवारले उनलाई इरान फिर्ता आउन बाध्य बनाए । मोनाको परिवारका सदस्यले उनलाई केही नहुने र सम्बन्ध विच्छेद पनि दिने भनेर आश्वासन दिएका थिए ।

अघिल्लो वर्ष टाउको काटेर गरेका थिए हत्या

परिवारको आश्वासनपछि मोना अघिल्लो वर्ष अर्थात् २०२२ को फेब्रुअरीको महिनामा फिर्ता आइन् । त्यसको केही समय पछि नै उनका श्रीमानले उनको घाँटी काटेर हत्या गरिदिए । मोनाको टाउको लिएर घुमिरहेको उनको श्रीमानको भिडियो र फोटो सोसल मिडियामा निकै भाइरल भएको थियो । त्यसपछि इरानका मानिसले घरेलु हिंसाका लागि कडा कानुन बनाउन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप