आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारमा कार दुर्घटना : बेपत्ता खत्रीको शव फेला

बिहीबार, ०५ माघ २०७९, १७ : ५०
बिहीबार, ०५ माघ २०७९

 काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ । बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव फेला पारेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । 

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ नम्बरको सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् । 

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप