जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा टाइम कार्ड लागु
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारदेखि चारवटा सेवामा टाइम कार्ड लागु गरेको छ । सेवामा सहजता ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्यौलता हटाउन टाइम कार्ड लागु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा ई–पासपोर्टमा टाइम कार्ड लागु गरिएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तैयारी कार्यालयले गरेको अर्यालले बताए । यो नियम लागु भएपछि सेवाग्राहीलाई समयसहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाइने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पु¥याएर १२ बजे भित्र पेस भएका निवेदकहरूलाई १ बजे भित्र र दिउसो १२ बजेदेखि ३ बजे सम्म पेस हुन आएका निवेदकहरूलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने अर्यालले बताए ।
नागरिकता प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेस भएका निवेदकहरूलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा पाउने अर्यालले दाबी गरे । ई–पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि–ईनरोलमेन्टको फारम भरेर आएकाहरूको तोकिएको दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।
जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण