शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

जनमतलाई दिइने थप मन्त्रालयको बारेमा सोमबार मात्र टुङ्गो लगाइने

आइतबार, ०८ माघ २०७९, २२ : ५१
आइतबार, ०८ माघ २०७९

काठमाडौँ  । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने भएको छ ।

भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो तर अब त्यो भाका सोमबारलाई सरेको छ ।

जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए । उनले भने -'आज बिदा भएको कारण त्यसमा खासै कुराकानी हुन नसक्ने भएकाले सोमबार मन्त्रालयको टुङ्गो लगाउने भनी कुरा आएको छ ।'

प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतका बीचमा कुराकानी हुनसक्छ तर त्यसको विषयमा अझै टुङ्गो लागेको छैन भन्दै उनले आज सत्ताधारी दलका अध्यक्षहरूको बीचमा आज बालुवाटारमा छलफल हुने भनिएको छ त्यहाँ पनि जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप