बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

आइतबार, ०८ माघ २०७९, १६ : ५७
आइतबार, ०८ माघ २०७९

भक्तपुर । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको शैलुङ्गेश्वरदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएको हो । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप