शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय

सोमबार, ०९ माघ २०७९, १२ : १३
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।  कांग्रेस प्रवक्ता प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भयो ।’

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताए । महतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको भनेर आफूले नभनेको नेता शेखर कोइरालाले बताए ।  ‘मैले यस्तो भनेको होइन । झुटो प्रचार गरियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा अलग मत छ भनेकै छैन,’ उनले भने, ‘मैले भन्दै नभनेको कुरा प्रयोजित रुपमा बाहिर आयो । मैले यसको खण्डन गरिसकेको छु ।’ कोइरालाले राष्ट्रपतिको निर्वाचनमा समर्थन जुटाउन लाग्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप