शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थसहित ३ जना पक्राउ

सोमबार, ०९ माघ २०७९, १६ : ४४
सोमबार, ०९ माघ २०७९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ  । प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजना पक्राउ परेका हुन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप