शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको पाँच गोलमा पीएसजीको जित

मङ्गलबार, १० माघ २०७९, ०९ : ०८
मङ्गलबार, १० माघ २०७९

केलियन एम्बाप्पे एक्लैले पाँच गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लाेस सोलेरले एक–एक गोल गरे । पीएसजीका लागि एम्बाप्पेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नेयमारले ३३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता ३–० को बनाए ।

खेलको ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । एमबाप्पेले खेलको ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५–० गोलको अग्रता दिलाए । कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गर्दै टिमलाई ६–० गोलको अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई ७–० गोलको जित दिलाए ।  

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप