शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कर्णालीमा हिमपात : जनजीवन कष्टकर

मङ्गलबार, १० माघ २०७९, ११ : १६
मङ्गलबार, १० माघ २०७९

जुम्ला । कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलङ्गामा समेत हिमपात भइरहेको हो ।

सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार हिउँ परिरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी  चिसोबाट बढी प्रभावित भएका छन् । किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।

हिउँदे बाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा पनि प्रभावित भएको छ । 

बिगतमा मङ्सिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएपछि यहाँका किसानले लगाएको गहुँ, जहुँ र अन्य हिउँदे बालीदेखि स्याउका बिरुवालाई फाइदा गर्ने हुँदा हर्षित तुल्याएको किसान मानबहादुर बुढाले बताए । हिमपातपछि जुम्लाको तापक्रम माइनसम्ममा झरेको छ। सोमबार रातिदेखि परेको हिउँले जुम्लाका किसानलाई राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

FB_IMG_1674535150927FB_IMG_1674529499025FB_IMG_1674535147819

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप