शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा मिल्यो मन्त्रालयको भागबन्डा : कुन दललाई कुन मन्त्रालय  ?

मङ्गलबार, १० माघ २०७९, १७ : ४९
मङ्गलबार, १० माघ २०७९

 सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको छ । आज बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषय टुङ्ग्याएको हो । 

जस अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ । 

यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार अब भोलि बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । उनले रातोपाटीसँग भने,‘ मन्त्रालयको बाँडफाँट आज सकियो, भोलि बेलुकासम्म अन्य मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको शपथ लिनेगरी तयारी थालिने छ ।’ 

८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।  यसअघि ३/३ मन्त्रालय लिने सहमति भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप