आरआरआरको ‘नाटू–नाटू’ ओस्कारका लागि मनोनीत
सन् २०२३ को ओस्कर अवार्डको अन्तिम मनोनयनको सूची सार्वजनिक भएको छ । यसमा भारतीय चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ ‘बेस्ट ओरिजिनल सङ्ग’ विधामा मनोनीत भएको छ ।
यो गीतलाई एमएम कीरवानीले कम्पोज गरेका हुन् । केही समयअघि मात्र नाटू–नाटूले गोल्डन ग्लोब अवार्डमा उत्कृष्ट गीतको अवार्ड हात पारेको थियो । क्रिटिक्स च्वाइस अवार्डमा आरआरआरले उत्कृष्ट विदेशी भाषाको चलचित्र र नाटू–नाटूले उत्कृष्ट गीतको अवार्ड जितेको थियो ।
आरआरले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट पोष्ट सेयर गर्दै आफूहरुले नयाँ इतिहास रच्न सफल भएको बताएको छ । ओस्करका लागि ३०१ चलचित्रको सूची ९ जनवरीमा जारी गरिएको थियो । यसमा सबै चलचित्रका लागि १२ देखि १७ जनवरीसम्म मनोनयनका लागि मतदान भएको थियो । यस वर्ष १२ मार्च २०२३ मा ९५ औँ ओस्कर अवार्डको आयोजना हुनेछ ।
२० वटा विधामा अन्तिम मनोनयन सार्वजनिक गरिएको जसमा अवतारः द वे अफ वाटर, अल क्वाइट अन वेस्टर्न फ्रन्ट, टपगन मेवरिक, एल्भिसलगायत उत्कृष्ट चलचित्रको दौडमा रहेका छन् । उता भारतको अल द्याट ब्रीद्स उत्कृष्ट वृत्तचित्र र द एलिफेन्ट विस्परर्स उत्कृष्ट छोटो वृत्तचित्रमा मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण