सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रेमप्रसादले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भयो :  नेता कोइराला

बुधबार, ११ माघ २०७९, १४ : ३४
बुधबार, ११ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् । 

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरूले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्ने बताएका हुन् । 

उनले अब ती युवाले आत्मदाह गर्नुको  कारण खोजी गर्नुको पछाडि  फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरण बनाउनुपर्ने बताए । 

‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?,’ उनको प्रश्न छ ।

इलामका आचार्यले संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा उनको निधन भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप