प्रेमप्रसादले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भयो : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरूले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भन्दै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्ने बताएका हुन् ।
उनले अब ती युवाले आत्मदाह गर्नुको कारण खोजी गर्नुको पछाडि फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरण बनाउनुपर्ने बताए ।
‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?,’ उनको प्रश्न छ ।
इलामका आचार्यले संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा उनको निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण