शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

विनोद शाहलाई सामाजिक मन्त्रालयमा बस्न भनेपछि कर्णालीमा एमालेभित्र लफडा

बुधबार, ११ माघ २०७९, १६ : ०४
बुधबार, ११ माघ २०७९

सुर्खेत । कर्णालीमा नेकपा एमालेभित्र मन्त्रालय लिने विषयमा लफडा देखिएको छ । अर्थ मन्त्रालयको दाबी गरिरहेका विनोदकुमार शाहलाई सामाजिक विकास मन्त्रालयमा बस्न भनेपछि शाहले उक्त कुरालाई अस्वीकार गरेका हुन् । जसका कारण अहिलेसम्म मुख्यमन्त्री कार्यालयमा समेत मन्त्रीको लागि चिठ्ठी आएको छैन । शाह पुस २८ गते नै बिना विभागीय मन्त्री बनेका थिए । 

स्रोतका अनुसार अर्थ मन्त्रालयमा टेकराज पछाईलाई जिम्मेवारी दिन दल नेता यामलाल कँडेलले जोडबल गरिरहेका छन् । यस्तै डोल्पाका शेरबहादुर बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने कुरा भइरहेको छ ।  स्रोत भन्छ,‘विनोद शाहज्यूलाई सामाजिक विकास मन्त्रालयमा थन्क्याउने कुरा भएपछि उहाँ रिसाउनुभएको छ, शपथ मै जाँदिनँ भन्नुभएको छ । यद्यपि छलफल भने वृहत रुपमा भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप