समाचार
विनोद शाहलाई सामाजिक मन्त्रालयमा बस्न भनेपछि कर्णालीमा एमालेभित्र लफडा
बुधबार, ११ माघ २०७९, १६ : ०४
सुर्खेत । कर्णालीमा नेकपा एमालेभित्र मन्त्रालय लिने विषयमा लफडा देखिएको छ । अर्थ मन्त्रालयको दाबी गरिरहेका विनोदकुमार शाहलाई सामाजिक विकास मन्त्रालयमा बस्न भनेपछि शाहले उक्त कुरालाई अस्वीकार गरेका हुन् । जसका कारण अहिलेसम्म मुख्यमन्त्री कार्यालयमा समेत मन्त्रीको लागि चिठ्ठी आएको छैन । शाह पुस २८ गते नै बिना विभागीय मन्त्री बनेका थिए ।
स्रोतका अनुसार अर्थ मन्त्रालयमा टेकराज पछाईलाई जिम्मेवारी दिन दल नेता यामलाल कँडेलले जोडबल गरिरहेका छन् । यस्तै डोल्पाका शेरबहादुर बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने कुरा भइरहेको छ । स्रोत भन्छ,‘विनोद शाहज्यूलाई सामाजिक विकास मन्त्रालयमा थन्क्याउने कुरा भएपछि उहाँ रिसाउनुभएको छ, शपथ मै जाँदिनँ भन्नुभएको छ । यद्यपि छलफल भने वृहत रुपमा भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण