बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ ग्रहण

बुधबार, ११ माघ २०७९, १९ : ५८
बुधबार, ११ माघ २०७९

विराटनगर । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्य न्यायाधिवक्ता  पदको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारुले आचार्यलाई शपथ खुवाएका हुन् ।

बिर्तामोड ५ झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

आचार्यको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको हो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप