शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय कर्मचारी संगठनको ताप्लेजुङ र तेह्रथुम जिल्ला समिति गठन

बुधबार, ११ माघ २०७९, २१ : १८
बुधबार, ११ माघ २०७९

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को ताप्लेजुङ र तेह्रथुम जिल्ला समिति गठन भएको छ । 

ताप्लेजुङ समितिको अध्यक्षमा नवराज गिरी चयन भएका छन् । जिल्ला सम्मेलनबाट उपाध्यक्षमा बिमल याक्सो, डेभिड ढकाल, सचिवमा गोपाल बराल, सहसचिवमा सविता पौडेल र कोषाध्यक्षमा सीता लिम्बू चयन भएका छन् । सदस्यहरुमा दिपक पौडेल, विन्देश्वर यादव, प्रदिप साह, बमबहादुर लिम्बू, ज्ञानबहादुर बनेम, कुमार गुरुङ, गोपी प्रसाईँ, रमला लिम्बू, कल्पना न्यौपाने, जापान मादेन र दिपक भण्डारी चयन भएका छन् । सम्मेलनबाट केन्द्रीय प्रतिनिधिमा डिभिड ढकाल र प्रदेश प्रतिनिधिमा गोपाल बराल, विन्देश्वर यादव र दिपक पौडेल चयन भएका छन् । 

यस्तै तेह्रथुम जिल्ला सम्मेलनबाट भने प्रकाश लकान्द्रीका अध्यक्षतामा १२ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दिपक पोखरेल, सचिवमा कृष्णकिरण कार्की, सहचिवमा रमेश भट्टराई, कोषाध्यक्षमा उमेश राय र सदस्यहरुमा युवराज खड्का, सागर गुप्ता, भोला निरौला, विरेन्द्र यादव, मिथिलेस यादव, चन्दन शर्मा र गोविन्द यादव रहेका छन् । 

सम्मेलनबाट केन्द्रीय प्रतिनिधिमा कृष्ण किरण कार्की र उमेश राय चयन गरेको छ भने प्रदेश प्रतिनिधिहरुमा दिपक पोखरेल र भोला निरौला चयन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप