कराते महासंघको नेतृत्वमा लामा

काठमाडौं । करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।
अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सह–अध्यक्ष बने । उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईँ, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।
सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।
उनीहरूलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमका बीच मनोनयन पत्र हस्तान्तरण गरे ।
महासंघले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु
-
सरकार र मिटरब्याज पीडितबीच भोलि वार्ता हुने
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की