बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ : नेता रिजाल

शुक्रबार, १३ माघ २०७९, ०८ : ०३
शुक्रबार, १३ माघ २०७९

काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने ठोकुवा गरेका छन् ।  कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको भन्दै रिजालले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए । 

आज बिहान सामाजिक सञ्जालमार्फत रिजालले दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसको प्रवृद्धिलाई माओवादी केन्द्रले चिन्नुपर्ने बताए । 

उनले लेखेका छन् एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छु भनेर तर्साइरहेका-तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले 'नागरिक सर्वोच्चता' भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख-उपसभामुख निर्वाचनमा जस्तै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप