राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ : नेता रिजाल
काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने ठोकुवा गरेका छन् । कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको भन्दै रिजालले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए ।
आज बिहान सामाजिक सञ्जालमार्फत रिजालले दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसको प्रवृद्धिलाई माओवादी केन्द्रले चिन्नुपर्ने बताए ।
उनले लेखेका छन् एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छु भनेर तर्साइरहेका-तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले 'नागरिक सर्वोच्चता' भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख-उपसभामुख निर्वाचनमा जस्तै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण